कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै « Khabarhub

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ’, उनले भने ।

यसअघि मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो ।

मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ४८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर