भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल « Khabarhub

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला भारत पुगेको छ। भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारत पठाएको छ। नेपालले भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ। आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ।

नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन्।

भारत भ्रमणमा रहेको नेपालले आज र नोभेम्बर १७ तारिखमा राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार र नोभेम्बर १८ तारिखमा उत्तराखण्डसँग खेल्नेछ भने नोभेम्बर १५ र १९ तारिखमा बंगालसँग भिड्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड