उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी « Khabarhub

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

उनले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताए ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा नेपालमा रहेका कोरियाली नागरिकको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु