जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण « Khabarhub

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ ।

केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटी खेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरेको हो ।

केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए ।

केन्द्रले २०७८–०७९ मा एक लाख, ०७९–८० मा एक लाख ३० हजार, ०८०–०८१ मा ५२ हजार र ०८१–०८२ मा ५३ हजार औषधीजन्य बिरुवा सुदूरपश्चिमभर वितरण गरेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटी खेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पति कार्यालयले जनाएको छ ।

केन्द्रले जडीबुटी खेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदानसमेत दिँदै आएको छ । पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिम्मुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पति प्रजातिहरूको अभिलेख तयार भएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले जानकारी दिए । (रासस) 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : २१ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो