‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’ | Khabarhub Khabarhub

‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई सातादेखि सानेपामा जारी छ। विशेष महाधिवेशन माग्ने समूह र संस्थापनबीच जारी विवादबीच बिहीबार सह-महामन्त्री किशोरसिंह राठौरले लिखित धारणा पेस गर्दै तीव्र असन्तुष्टि जनाएका छन्।

राठौरले बैठकमा जेन–जी आन्दोलनको समयमा पार्टी सभापति शेरबहादुर देउवा र अन्य नेतामाथि भएको आक्रमणको कडा निन्दा गर्दै भने, ‘त्यस्तो कठिन समयमा पनि कांग्रेसले ठोस निर्णय गर्न सकेन भन्ने कुरा दुःखको हो।’

उनले पार्टीभित्रको विवाद र असहिष्णुताको पनि कडा आलोचना गरेका छन्। ‘आज हामी सबै कुरा नकारात्मक रूपमा हेर्ने समाज भइसकेका छौं। पार्टीमा दुई धार बन्नु हुँदैन, सबै एक भएर अघि बढ्नुपर्छ,’ राठौरले भने।

राठौरले सभापति देउवालाई ‘इतिहास’ का रुपमा सम्मान गर्नुपर्ने बताए। उनले भने, ‘सभापतिज्यूको कुर्सी खाली राखिएको छ, त्यो उहाँप्रति सम्मानको प्रतीक हो। उहाँले नेतृत्वमा धेरै राम्रो काम गर्नुभएको छ। भूमि आयोग, दलित आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग गठन उहाँकै पहलमा सम्भव भएको हो।’

उनले विशेष महाधिवेशनको मागलाई असमयिक भन्दै आलोचना गरेका छन्। उनले २०१२ सालको कुरा झिकेर सुवर्ण शमशेरको पालाको उदाहरण दिँदै विशेष अधिवेशन खोज्नेहरूलाई अहिले त्यो आवश्यक नभएको जवाफ दिए ।

संगठन सुदृढीकरणमा जोड दिँदै उनले भने, ‘मलाई संस्थापन पक्षमा आउन २० वर्ष लाग्यो। तपाईंहरू चार वर्ष पनि कुर्न सक्नुहुन्न ? विद्वानहरूले मलाई बुझाइदिनुहोस्, संगठन गर्नुहोस्।’

राठौरले कांग्रेसमा सहिष्णुता र आपसी विश्वास घटेको भन्दै प्रश्न उठाए, ‘टोलोरेन्स नगर्ने र एकले अर्कोलाई नमान्ने कस्तो कांग्रेस हो यो?’

उनले पार्टीभित्रको नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरे । ‘निस्कलंक सभापति आउनुभएको छ, नेतृत्व परिवर्तनका लागि होइन, कांग्रेसलाई एक बनाउनका लागि।’

कांग्रेसको संरचनामा सुधारका लागि केन्द्रदेखि वडा तहसम्म ‘प्रेसिडेन्सियल सिस्टम’ लागू गर्नुपर्ने उनले बताए । ‘मैले धेरै अगाडि नै यो कुरा उठाएको थिएँ तर सोचमा केही परिवर्तन आएको छैन,’उनले भने।

उनले दलहरूले नै देशलाई विकासको यो अवस्थामा ल्याएको बताए । ‘हामीले केही गरेनौँ भन्ने कुरा नगरौँ, हेरौं न १० वर्ष अगाडि के थियो देशको अवस्था’, उनले भने, ‘हाम्रा नेताभन्दा त राजा धेरै सम्यमित रहेछन् । शेरबहादुर देउवाले त्यत्रो प्रतिक्षा गर्दा हामी केही समय कुर्न सक्दैनौँ । फागुनको चुनाव पछाडि महाधिवेशनमा जानुपर्छ । वडादेखि चुनाव गराउँदा के हुन्छ, लडाइँ गराउने काम हुन्छ । मत ‘नोट अफ डिसेन्ट’ लेख्छु निर्वाचन पछाडि महाधिवेशन गरौँ।’

देउवा नेतृत्वको टीममा आफूले भोगेको अन्यायको पनि उनले उल्लेख गरे । ‘शेरबहादुर देउवाको टिममा मसँग सबैभन्दा बढी अन्याय भएको छ। तर उहाँका राम्रा कुरा लिनुपर्छ। उहाँले सबैलाई अवसर दिनुभयो’, उनले भने ।

राठौरले कांग्रेसले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताए । ‘शान्ति यत्तिकै आएको होइन, कांग्रेसकै भूमिकाले माओवादीलाई मूलधारमा ल्यायो’, उनले भने ।

भ्रष्टाचार र सुशासनका सवालमा उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमाथि पनि शंका व्यक्त गरे । ‘भ्रष्टाचार नियन्त्रण र सुशासन यो सरकारले पनि गर्न सक्दैन’, उनले भने ।

बैठकमा उनले निर्वाचनको समयबारे स्पष्ट निर्णय गर्न आग्रह गरे । ‘फागुन २१ गतेको चुनाव पछाडि सार्नुपर्छ। होइन भने विशेष अधिवेशनमै तपाईंहरूलाई सामना गर्छु’, उनले भने ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : २७ बजे

स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग

काठमाडौं– हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित

काठमाडौं– एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र

फरमुल्लाह मन्सुर बोल्दा कांग्रेसमा होहल्ला, भने- बोकेको नेताले निकास दिन सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री फर्मुल्लाह मन्सुरको अभिव्यक्तिले बिहीबार सानेपामा जारी

सबैले नाम दर्ता गराउने वातावरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि