स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग « Khabarhub

स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा जेन-जी  स्मृति पोखरी निर्माण गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेन-जी आन्दोलनलाई सार्थक बनाउन उक्त स्थानमा जेन-जी स्मृति पोखरी निर्माण गर्न माग गरेका हुन् । 

आज स्काउटको जग्गामा निर्मित संरचना काठमाडौं महानगरले भत्काएको छ ।

पूर्वमन्त्री दीपक खड्काको कम्पनी खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले स्काउटसँग जग्गा भाडामा लिई नियमित रूपमा भाडा नतिरी भोगचलन गरेको पाइएको छ । जग्गा खाली गराउन बारम्बार ताकेता गरिएको र ७ दिने म्याद समेत सूचना मार्फत दिइएकोमा अटेर गरेपछि आज महानगरले सो संरचना भत्काएको हो । 

उक्त जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पास नरहेको समेत पाइएको छ । 

आजभन्दा ३० वर्ष पहिले सो स्थानमा पोखरी रहेको पाइएको हुनाले आज फेरी त्यही ठाउँमा पोखरी निर्माण गरि जेन-जी स्मृति पोखरी नामाकरण गर्न गुरुङले माग गरेका हुन । 

 साथै उनले पोखरी  निर्माणमा श्रमदान गर्न पनि आग्रह गरेका छन । 

उनले भनेका छन, ‘हामी जेन-जी कै सहभागितामा जेन-जीहरुले नै उक्त पोखरी निर्माणमा जनसहभागिता र श्रमदानमार्फत योगदान दिन हार्दिक आव्हान पनि गर्दछौँ।’

गरुङले लेखेका छन्

पूर्वमन्त्री दीपक खड्काको कम्पनी खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले स्काउटसँग जग्गा भाडामा लिई नियमित रूपमा भाडा नतिरी भोगचलन गरेको जग्गा खाली गराउन बारम्बार ताकेता गरिएको र ७ दिने म्याद समेत सूचना मार्फत दिइएकोमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले अटेर गरेपछि आज उक्त जग्गा खाली गराइएको छ। साथै भनिएको समयमा उहाँको कम्पनीले थप दायित्व पूरा नगरेकोमा यथाशीघ्र उक्त कम्पनीले आफ्नो दायित्व पूरा गर्नुपर्ने र नगरेमा थप कानुन बमोजिम कार्यबाही अघि बढाउनुपर्छ।

आज भन्दा ३० बर्ष पहिले सन १९९५ सम्म सो स्थानमा पोखरी थियो र त्यहाँ स्थानियहरु पौडी खेल्थे भन्ने जानकारी समेत फेला परेको छ। आज भन्दा १६ बर्ष पहिले २००९ सम्म पनि पोखरीको अवशेष उक्त स्थानमा रहेको देखिन्छ, जसलाई मिच्दै सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पदा हराएर गएको देखिन्छ।

अब सो स्थानलाई पोखरी कै रूपमा सम्पदाको अधिकार स्थापित गराउने तर्फ मन्त्रालयले कार्य गर्नुपर्छ। स्थानिय तथा हरेक सम्पदाप्रेमीले यसमा सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छौँ।

आजको देशको परिस्थिति सिर्जना हुनुमा धेरै GenZ लगायत नेपाली जनताहरूको रगत बगेको छ। Gen Z हरुको योगदानकै कारण आज एक Gen Z मन्त्रीले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहनु भएको छ।

हामी Gen Z को पहिलो माग भनेको नै सुशासन थियो र छ र यसमा सबैको प्रतिबद्धता हामी अपेक्षा गर्दछौँ। माथि उल्लिखित विषयमा समावेश जग्गा अतिक्रमणमा परेर त्यसमा रहेको पोखरीमाथि संरचना बनेको देखिन्छ। हामी सुशासनको मुद्दामा आधारित रहेर हाम्रो पवित्र आन्दोलनलाई सार्थक बनाउन उक्त स्थानमा पुनः पोखरी निर्माण गरि Gen Z स्मृति पोखरी बनाउन माग गर्दछौँ र प्रत्येक इँटामा सहिद र घाइतेको नाम लेख्नेछौ ।

हामी Gen Z कै सहभागितामा Gen Z हरुलेनै उक्त पोखरी निर्माणमा जनसहभागिता र श्रमदान मार्फत योगदान दिन हार्दिक आव्हान पनि गर्दछौँ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : २७ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि