तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना « Khabarhub

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । 

काउन्सिलले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार साउनदेखि असोजसम्मको अवधिमा प्रेस स्वतन्त्रता हननका ती घटना भएका हुन् । 

सबैभन्दा बढी कुटपिटका ३४, दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा एवं अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन आचारसंहिता पालना गरेर काम गर्नुपर्नेमा जोड दिए । आचारसंहिता पालनाका लागि महासङ्घका तर्फबाट पनि संस्थागत पहल भएको उनको भनाइ थियो । 

सो अवसरमा काउन्सिलका सदस्यहरू विजयराज अधिकारी, पद्मराज जोशी, शन्तराम बिडारी, नकुल अर्याल र बालकृष्ण अधिकारी, मुख्य अधिकृत झविन्द्र भुसाललगायत महासङ्घका काठमाडौँ उपत्यकाका विभिन्न शाखाका अध्यक्ष एवं प्रतिनिधिले आचारसंहिता कार्यान्वयनमा आइपरेका समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका थिए ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै