तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना « Khabarhub

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । 

काउन्सिलले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार साउनदेखि असोजसम्मको अवधिमा प्रेस स्वतन्त्रता हननका ती घटना भएका हुन् । 

सबैभन्दा बढी कुटपिटका ३४, दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा एवं अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन आचारसंहिता पालना गरेर काम गर्नुपर्नेमा जोड दिए । आचारसंहिता पालनाका लागि महासङ्घका तर्फबाट पनि संस्थागत पहल भएको उनको भनाइ थियो । 

सो अवसरमा काउन्सिलका सदस्यहरू विजयराज अधिकारी, पद्मराज जोशी, शन्तराम बिडारी, नकुल अर्याल र बालकृष्ण अधिकारी, मुख्य अधिकृत झविन्द्र भुसाललगायत महासङ्घका काठमाडौँ उपत्यकाका विभिन्न शाखाका अध्यक्ष एवं प्रतिनिधिले आचारसंहिता कार्यान्वयनमा आइपरेका समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका थिए ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : १३ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली