हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ | Khabarhub Khabarhub

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– जेन-जी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पंकराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। 

जेन-जी आन्दोलनका क्रममा दुवै थुनुवा बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागूऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनीमा ल्याइएको छ ।

यसअघि बाह्रदशी गाउँपालिका–४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय ईसरप खातुन र सोही वडाका २२ वर्षीय विकास टुडु जेनजी आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका थिए ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ५७ बजे

जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्चद्वारा मान्यता दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई

मधेश प्रदेश सभाका पाँचजना सांसद पदमुक्त

काठमाडौँ- मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्।

दूतावासले भन्योः पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो

काठमाडौं- पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन

जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गर्न समिति गठन

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ र

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी