बेलायतले चीनमा निर्मित विद्युतीय बसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे अनुसन्धान गर्ने « Khabarhub

बेलायतले चीनमा निर्मित विद्युतीय बसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे अनुसन्धान गर्ने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा निर्मित विद्युतीय सवारी साधन टाढाबाट बन्द गर्न मिल्ने/नमिल्नेबारे बेलायत सरकारले अनुसन्धान थालेकोे छ । चीनमा निर्मित सवारी साधानका कारण आफ्ना पूर्वाधारमा उत्पन्न जोखिमबारे चिन्ता प्रकट गर्दै बेलायत सरकारले यस्तो अनुसन्धान थालेको हो ।

फाइनान्सियल टाइम्सका अनुसार यसबारे अनुसन्धान गर्न बेलायतको यातायात अधिकारीहरुले राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग सहकार्य गरिरहेका छन् । खासगरी चीनमा निर्मित युटोङ नामक विद्युतीय बसले के कस्तो सुरक्षा चुनौती उत्पन्न गर्छन् भन्नेबारे पछिल्लो अनुसन्धान केन्द्रित रहेको टाइम्सले जनाएको छ ।

नर्वेमा गरिएको यस्तै अनुसन्धानमा चीनको झेङझोउ शहरमा रहेको यस कम्पनीले उत्पादन गर्ने बसहरुलाई टाढैबाट ‘बन्द गर्न वा सञ्चालन नहुने बनाउन’ सकिने पत्ता लागेको थियो । डेनमार्कले पनि यस्तै अनुसन्धान गरिरहेको छ ।

युटोङले बेलायती बजारमा ७ सय यस्ता सवारी साधनहरु आपूर्ति गरेको छ । यी सवारी खासगरी बेलायतका नोटिङ्घम, दक्षिणी वेल्स र ग्लास्गो शहरमा सञ्चालनमा रहेको जनाइएको छ ।

कम्पनीले राजधानी लण्डनमा पनि थप सवारी साधन बिक्री गर्ने तयारी गरिरहेको छ । यी सवारी साधनहरुलाई फर्स्टबस र स्टेजकोच नामक बस सेवा प्रदायक कम्पनीले सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ११ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने