२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल « Khabarhub

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर १३ तारिख । पुष कृष्ण पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : शिक्षामा सफलता मिल्नेछ । बोल्दा नराम्रो शब्द बाहिर जान सक्छन् । साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ । राजनीतिक संगठनबाट भने भयको जोखिम छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

वृष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो रेखदेख गर्नेछन् ।

मिथुन : दिन सामान्य राम्रो छ । महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ । मनमा भएका खटपटी शान्त हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । नयाँ योजना वा कामको थालनी भने नगर्नु उचित हुनेछ ।

कर्कट : दिन राम्रो छ । आज आयआर्जन हुनेछ । पठनपाठनमा मन जानेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : घुमफिरको योजना बन्न सक्छ । मिष्ठान्न भोजन हुनेछ । शिक्षामा सफलता र स्वास्थ्यमा सुधार हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।

तुला : दिन सामान्य छ । शत्रु बढ्नेछन् । शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ । जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ । व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ ।

वृश्चिक : साथीभाइको साथ मिल्नेछ । इज्जत बढ्नेछ । रोगले भने सताउने जोखिम छ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

धनु : दिन राम्रो छ । तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ । साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । फलफूलको व्यापारमा फाइदा हुने योग छ ।

मकर : दिन सामान्य राम्रो छ । आम्दानी हुनेछ । गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम रहेको छ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : रोगबाट मुक्त हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ ।

मीन : धनलक्ष्मी योगलाई सदुपयोग गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ३८ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ