एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ? « Khabarhub

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच भनाभन भएको हो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेशकुमार भट्टराईसहितका नेताहरूले अध्यक्ष ओलीको सचिवालयसम्बद्धले नै विचार फरक भएका नेताहरू–कार्यकर्ताहरूको चरित्र हत्या गर्न लागेको भन्दै आपत्ति जनाए ।

खासगरी प्रेस चौतारीमा अध्यक्षको उम्मेदवारी हाल्नसमेत नदिइएका राजेश राईको बारेमा बैठकमा भनाभन भएको हो ।

उनीबारे ओलीका प्रियमध्ये एकजना गुरु भट्टराईले सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेका थिए । त्यसलाई लिएर अध्यक्षका दाबेदार पोखरेल, उपाध्यक्ष पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापासहितले गृहमन्त्री ओमप्रकाश अर्याललाई नोटसमेत गराएका थिए ।

उनीहरुले बैठकमा एमालेको प्रचारमा उत्कृष्ट काम गरेको मान्छेलाई चौतारीको महाधिवेशनमा अपमानित गरिएको स्मरण गराउँदै अहिले पनि अध्यक्ष ओलीको सचिवालयबाट लखेट्ने काम भइरहेको भन्दै आपत्ति जनाए ।

त्यसपछि ओलीले राजेश राई एमाले विरोधी भएको भन्दै झोक्किएका थिए । तर पोखरेल पक्षीय नेताहरूले बैठकमा भने, ‘उनी पार्टी र आन्दोलन विरोधी होइन, तपाईं विरोधी होला । हाम्रो विरोध गर्ने पनि एमालेमा छन् तर ती पार्टी विरोधी होइनन् ।’

पछिल्लो समय राजेशसहितको पंक्तिले वरिष्ठ उपाध्यक्ष पोखरेल समूहको प्रचार अभियानलाई आक्रामक बनाएका छन् । जसले प्रेस चौतारीको अन्तरसंवाद नै ओझेलमा पारेका बेला च्यासलमा नेताहरू भनाभनमा उत्रिएका हुन् ।

खासगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेतृहरू आक्रामक रूपमा उत्रिएपछि अध्यक्ष ओली नेतृत्वको पंक्ति आक्रोशित देखिएको छ ।

एमालेको ११ औं महाधिवेशनअघि बसेकाे बैठकमा नेताहरूबीच निकै घोचपेच र चर्काचर्की भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ०९ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि