एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने ! « Khabarhub

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीकातर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने भएको छ ।

रास्वपाका कार्यवाहक सभापति डीपी आर्यालले एमालेको निमन्त्रणामा पार्टीका तर्फबाट महामन्त्री बुर्लाकोटीलाई उद्घाटन समारोहमा खटाएका हुन् ।

महामन्त्री बुर्लाकोटी भने पार्टी कामको सिलसिलामा यतिबेला सुर्खेतमा रहेका छन् । उनी आजै जहाजमार्फत काठमाडौँ आउने तयारीमा रहेका छन् । तर परिस्थिति अनुकूल नभएमा उनले नै पार्टीका अन्य कुनै पदाधिकारीलाई खटाउन सक्ने छन् ।

केही समयदेखि एमाले र रास्वपाबीचको टकरावका कारण एकअर्काको कार्यक्रममा नजाने स्थिति बनेको थियो । तर आजबाट निषेधको अवस्था हट्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ०४ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम