एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने ! « Khabarhub

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीकातर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने भएको छ ।

रास्वपाका कार्यवाहक सभापति डीपी आर्यालले एमालेको निमन्त्रणामा पार्टीका तर्फबाट महामन्त्री बुर्लाकोटीलाई उद्घाटन समारोहमा खटाएका हुन् ।

महामन्त्री बुर्लाकोटी भने पार्टी कामको सिलसिलामा यतिबेला सुर्खेतमा रहेका छन् । उनी आजै जहाजमार्फत काठमाडौँ आउने तयारीमा रहेका छन् । तर परिस्थिति अनुकूल नभएमा उनले नै पार्टीका अन्य कुनै पदाधिकारीलाई खटाउन सक्ने छन् ।

केही समयदेखि एमाले र रास्वपाबीचको टकरावका कारण एकअर्काको कार्यक्रममा नजाने स्थिति बनेको थियो । तर आजबाट निषेधको अवस्था हट्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ०४ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले