एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस् « Khabarhub

एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस्


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका सहभागी प्रतिनिधिहरूलाई देशको परिवर्तित अवस्था बुझेर नेतृत्व चयन गर्न सुझाव दिएकी छिन् ।

उनले प्रतिनिधिहरूलाई काठमाडौंको जाडोमा न्यानो स्वागत गर्दै महाधिवेशनको सफलताको शुभकामना समेत दिएकी छिन् ।

भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट काठमाडौं आएका सम्पूर्ण प्रतिनिधिहरूलाई काठमाडौंको जाडोमा न्यानो स्वागत गर्दछु । तपाईँ महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेतासमेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ ।’ उनले एमालेले लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउनु पर्ने बताएकी छिन्।

‘यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु’, उनले भनेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुक तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

महाधिवेशनले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न सफल होस् भनेकी छिन् ।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ । बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ५१ बजे

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा