एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन प्रतिनिधिमा परेनन्, ‘घर फर्क’ अभियान चलाएकाहरू आक्रोशित  « Khabarhub

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन प्रतिनिधिमा परेनन्, ‘घर फर्क’ अभियान चलाएकाहरू आक्रोशित 


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले सञ्चालन गरेको ‘घर फर्क अभियान’ अलपत्र परेको छ । 

उक्त अभियानबाट एमालेमा फर्किएका विश्वमणि सुवेदी र रामकुमार एलनहरू महाधिवेशन प्रतिनिधिमा नपरेका हुन् । 

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति प्रेस चौतारी नेपालका ती नेताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपालका नेता तथा घर फर्क अभियानको नेतृत्वकर्ता विश्वमणि सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले चलाएको घर फर्क अभियानअन्तर्गत महाधिवेशन प्रतिनिधि भएका १८ जनाको नाममध्ये केही नामप्रति हाम्रो घोर आपत्ति छ ।’

पार्टीले तत्कालीन नेकपा (एकीकृत समाजवादी)मा केन्द्रीय सदस्य रहेका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको थियो । त्यहीअनुसार तत्कालीन पार्टीमा केन्द्रीय सदस्य रहेका १३ जनालाई प्रतिनिधि बनाउनु सराहनीय रहे पनि अरू  ५ जना केन्द्रीय सदस्य नअटेको उनले उल्लेख गरेका छन् ।

‘एउटा विधि निर्माण गर्ने र अर्कै निर्णय गर्ने कुरा आफैँ स्वीकार्य छैन । पार्टी नेतृत्वलाई यो जानकारी समयमै दिइएको थियो,’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यदि केन्द्रीय सदस्य नरहेका व्यक्ति प्रतिनिधि हुने हो भने तत्कालीन समाजवादी प्रेस संगठनलाई प्रेस चौतारीमा फर्काउने नेतृत्वसहितका नेताहरू प्रतिनिधिका दाबेदार हुने भनिएको थियो । तर, तत्कालीन पार्टीको केन्द्रीय सदस्य नरहेका व्यक्तिहरू प्रतिनिधि हुँदा प्रेस चौतारीमा फर्किएका कोही पनि प्रतिनिधि नहुने कुरा खेदजनक छ ।’

यसले एमालेको महाधिवेशन पूर्वार्द्धमा पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई थप उजागर गरेको छ । यसअघि पनि मनोनीत १०८ प्रतिनिधिको सूची र विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रियामा विवाद देखिएको थियो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ भने बन्दसत्र काठमाडौंमा सञ्चालन हुनेछ ।

 महाधिवेशनमा २,३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

यस्तो छ विश्वमणि सुवेदीको प्रतिक्रिया

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ५८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको