१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै « Khabarhub

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका छन् । उनीसँग उरुग्वेका स्टार फुटबलर लुइस सुआरेज र अर्जेन्टिनाका मिडफिल्डर रोद्रिगो डी पाउल पनि आएका छन् । 

तीनै खेलाडी शुक्रबार राति करिब २:३० बजे कोलकाता विमानस्थलमा पुगेका थिए । उनीहरूले बिहान ९:३० बजे प्रशंसकहरूसँग भेटेका छन् । 

मेसी संयुक्त राष्ट्रसंघको बाल संगठन युनिसेफका ब्रान्ड एम्बेसडर हुन् । त्यहीअन्तर्गत उनी भारतमा ‘गट इन्डिया’ टुर गर्दैछन्।

मेसीले १५ डिसेम्बरसम्म ३ दिनमा ४ शहरको भ्रमण गर्ने छन्। जसमा हैदराबाद, मुम्बई र नयाँ दिल्ली पनि समावेश छन् । 

कोलकातामै उनले बलिउड अभिनेता शाहरुख खान, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीसँग भेटेका छन् । 

यस क्रममा मुम्बईमा सचिन तेन्दुलकरसँग पनि भेट्ने कार्यक्रम छ । १५ डिसेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर उनको भ्रमण समाप्त हुने छ।

१४ डिसेम्बरमा सुनील छेत्रीसँग भिड्ने

मेसी कोलकाताको युवा भारती स्टेडियममा आफ्नो ७० फिट अग्लो मूर्तिको भर्चुअल अनावरण गरेका छन् । त्यसपछि उनी शाहरुख, गांगुली र मुख्यमन्त्रीसँग भेटेका छन् । दिउँसो पौने १ बजे मैत्रीपूर्ण मैच खेल्दै छन्, त्यसपछि २ बजे हैदराबादका लागि प्रस्थान गर्ने तालिका छ ।

१३ डिसेम्बरमै हैदराबादमा मेसी मैत्रीपूर्ण फुटबल खेलसँगै संगीत समारोहमा पनि सहभागी हुने छन् । 

१४ डिसेम्बरमा मुम्बई पुग्ने उनी वानखेडे स्टेडियममा भारतका महान् खेलाडी सुनील छेत्रीविरुद्ध अर्को मैत्रीपूर्ण मैच खेल्ने छन्। 

१५ डिसेम्बरमा दिल्ली पुग्ने मेसीले बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेपछि दिउँसो १:३० बजे सम्मान समारोहमा सहभागी हुने छन्। त्यसपछि मेसी भारतबाट प्रस्थान गर्ने छन्।

सुआरेज र डी पाउल पनि 

लुइस सुआरेज अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा मेसीसँगै इन्टर मियामीका लागि खेल्छन्। दुवै बार्सिलोनामा पनि सँगै खेलेका थिए। दुवै निकै राम्रा साथी हुन्।

टिकटको मूल्य २२५० रुपैयाँबाट सुरु

विश्व च्याम्पियन मेसीका भारतमा धेरै प्रशंसक छन्, स्टेडियममा उनलाई हेर्न टिकटको मारामारी चलेको छ । हैदराबादको उप्पल स्टेडियममा टिकटको सुरुआती मूल्य २२५० भारतीय रुपैयाँ छ । कोलकातामा ४३६६, मुम्बईमा ७०८० र दिल्लीमा ७६७० रुपैयाँबाट टिकट मूल्य सुरु भएको छ ।

१४ वर्षपछि भारत आए

लियोनल मेसी सन् २०११ पछि पहिलो पटक भारत आएका छन् । १४ वर्षअघि मेसीले भारतमा भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका तर्फबाट खेलेका थिए । 

त्यतिबेला कोलकाताकै साल्ट लेक स्टेडियममा मेसीको उपस्थितिमा अर्जेन्टिनाले १-० ले खेल जितेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ३९ बजे

एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र

काठमाडौं- नेकपा एमालेले ४ बजेसम्ममा उद्घाटन सत्र सक्ने उपमहासचिव प्रदीप

एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट

पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको

युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैंकका सम्पत्ति

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र