महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली   « Khabarhub

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । 

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसक्नु भएको थियो । 

अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरेका छन् ।

महाधिवेशनस्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठूला–ठूला र्‍यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ । 

उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने कार्यसूची रहेको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहेका छन्  ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ । 

पार्टीले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

जननिर्वाचित सरकार ढालेर अराजकहरूको सरकार चलिरहेको सङ्कटको घडीमा एमालेको महाधिवेशन सुरु भएको ज्ञवालीले बताए । 

यस्तो बेलामा गौरवपूर्ण उपस्थितिको लागि उनले सबैलाई धन्यवाद दिएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : २६ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक