महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली   « Khabarhub

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । 

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसक्नु भएको थियो । 

अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरेका छन् ।

महाधिवेशनस्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठूला–ठूला र्‍यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ । 

उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने कार्यसूची रहेको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहेका छन्  ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ । 

पार्टीले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

जननिर्वाचित सरकार ढालेर अराजकहरूको सरकार चलिरहेको सङ्कटको घडीमा एमालेको महाधिवेशन सुरु भएको ज्ञवालीले बताए । 

यस्तो बेलामा गौरवपूर्ण उपस्थितिको लागि उनले सबैलाई धन्यवाद दिएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : २६ बजे

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न