अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा « Khabarhub

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका लिङ्देन एमालेको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुगेका हुन् ।

यता नेपाली कांग्रेसले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएको छन् । नेकपाले भने देव गुरुङलाई पठाएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ उपस्थित भएकी छन् । 

एमालेको महाधिवेशनमा शीर्ष नेताहरू उपस्थित नहुँदा लिङदेन उपस्थित हुनलाई अर्थपूर्ण रूपले हेरिएको छ। 

अध्यक्ष लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट २०७९ को निर्वाचनमा एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड मिलेर बनेको नेकपाबाट शीर्ष  नेताहरू एमालेको महाधिवेशनमा नपुग्दा अर्थपूर्ण रूपमा हेरिएको छ । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री जाने भनिए पनि अहिलेसम्म पुगेका छैनन् । उनी सुर्खेतबाट लगत्तै प्लेन चढेर एमालेको महाधिवेशनमा आउने कार्यक्रम थियो तर अहिलेसम्म महाधिवेशन स्थलसम्म पुगेको देखिँदैन ।

नेकपाबाट नेत्रविक्रमचन्द विप्लव पनि कार्यक्रम स्थलमा पुगेको देखिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन