युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू « Khabarhub

युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैंकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो ।

सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।’

निर्णय अनुसार, रूसी केन्द्रीय बैङ्कको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । यसले रूसी बैंकको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ ।

युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेखे,’अक्टोबरको परिषद् बैठकमा रूसी सम्पत्ति सुरक्षित राख्ने प्रतिबद्धता जनाइएको थियो र शुक्रबारको निर्णयले त्यस प्रतिबद्धता पूरा गरेको हो ।’

विज्ञप्तिमा यो कदम अस्थायी भए पनि रूसलाई युक्रेनसँगको युद्धका लागि वित्तीय वा अन्य स्रोत उपलब्ध गराउँदा सङ्घको अर्थतन्त्रमा असर पर्न सक्ने अवस्थामा प्रतिबन्ध जारी रहने उल्लेख छ ।

यस निर्णयअनुसार करिब दुई लाख दस हजार करोड युरो मूल्यको सम्पत्ति लक हुनेछ । यसमा करिब एक लाख नव्वे हजार करोड युरो बेल्जियमस्थित वित्तीय संस्था युरोक्लियरमा सुरक्षित छ ।

सम्पत्ति रूस–युक्रेन द्वन्द्व सुरु भएपछिका युरोपेली सङ्घका प्रतिबन्धअन्तर्गत सुरक्षित राखिएको हो । यी प्रतिबन्धहरू हरेक छ महिनामा २७ सदस्य राष्ट्रको सर्वसम्मत अनुमतिसहित नवीकरण गर्नुपर्छ ।

हङ्गेरी र स्लोभाकियाले युक्रेनको समर्थन बढाउन विरोध गरे पनि शुक्रबारको निर्णयले उनीहरूलाई प्रतिबन्ध नवीकरण अवरुद्ध गर्न नसक्ने बनाएको छ ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले लेखे ,’आजको निर्णयसँगै युरोपेली सङ्घमा कानुनको शासन कमजोर भएको अनुभूति हुन्छ । हङ्गेरीले कानुनी व्यवस्था पुनःस्थापना गर्न आफ्नो सक्दो प्रयास गर्नेछ ।’

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले भने, ‘उनले युक्रेनका आगामी सैन्य खर्चको लागि रूसको सम्पत्ति प्रयोग गर्ने कुनै पनि योजना समर्थन गर्ने अवस्थामा छैनन् ।’

यस निर्णयको एक हप्ता पछि डिसेम्बरमा हुने युरोपेली परिषद् बैठकमा नेताहरू युक्रेनका तत्काल वित्तीय आवश्यकताहरू पूरा गर्ने उपायबारे छलफल गर्नेछन् । अक्टोबरको बैठकमा रूसको सम्पत्ति युक्रेनको क्षतिपूर्ति ऋणको लागि प्रयोग गर्ने योजना बनाउन नेताहरू असफल भएका थिए ।

रूसी बैंकले आफ्नो सम्पत्ति प्रयोग गर्ने युरोपेली योजना विरुद्ध कानुनी कदम चाल्ने निर्णय गरेको छ । बैंकले यस प्रकारका कदमले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएको छ । 

रूसी राज्य समाचार एजेन्सी टास्कका अनुसार, रूसी बैंकले युरोक्लियर विरुद्ध मस्को मध्यस्थ अदालतमा मुद्दा दायर गरेको छ र क्षतिपूर्तिको माग गरेको छ ।
 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ४७ बजे

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा