पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो « Khabarhub

पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उपचारका क्रममा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ निवासी ३४ वर्षीय सुन्दर बिकको मृत्यु भएपछि मृतक सङ्ख्या चार पुगेको हो।

शुक्रबार बिहान अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप सडकबाट करिब १ हजार १ सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी र चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचाररत चार घाइतेमध्ये सुन्दर बिकको मृत्यु भएको हो। 

उनका अनुसार पाँच जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने दुई जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा संलग्न जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरू

पाल्पा, निस्दी गाउँपालिका–७ (हुवास) की ३६ वर्षीया हेम कुमारी सारु

पाल्पा, निस्दी गाउँपालिका–४ (ठोक्सिङबास) की ४५ वर्षीया ओम कुमारी खाम्चा

पूर्वी नवलपरासी, मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्दीमाया बि।क।

पूर्वी नवलपरासी, मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर बिक (उपचारको क्रममा मृत्यु)

घाइतेहरू

मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी

९ वर्षीय नेवराज खाम्चा – अवस्था सामान्य, डिस्चार्ज

५ वर्षीय सालिन खाम्चा – अवस्था मध्यम, डिस्चार्ज

७३ वर्षीय नरबहादुर सुनारी – अवस्था मध्यम

७२ वर्षीया भुमी सर सुनारी – अवस्था मध्यम

चितवन मेडिकल कलेज

करिब १० वर्षीय लविस सुनार – अवस्था सामान्य, डिस्चार्ज

करिब ५ वर्षीया प्रिन्सा सुनार – अवस्था सामान्य, डिस्चार्ज

२८ वर्षीया मिना कुमारी सुनारी – अवस्था मध्यम

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : ५३ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक