ओलीको प्रशंसा गर्दै रञ्जीताले भनिन्- उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु « Khabarhub

ओलीको प्रशंसा गर्दै रञ्जीताले भनिन्- उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनमा पुगेर अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । 

उनले एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राष्ट्रियताको पक्षमा सदैव अग्रसर भएको भन्दै अध्यक्ष ओलीको प्रशंसा गरेकी हुन् ।

प्रशंसासँगै हुनाले राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताइन् ।

उनले भनिन, ‘राष्ट्रका आगामी मार्गचित्रको हेर्न राजनीतिक क्षण पनि हो। राष्ट्रिय हितको साझा सङ्कल्प बोकेर यहाँ उपस्थित भएका छौँ । नाकाबन्दीको बेला राष्ट्रियता स्वाधीनताको अडानलाई अडानलाई एमालेले लिएको भूमिकालाई प्रशंसा गर्न योग्य छ। उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति म सम्मान गर्दछु। उहाँको ढिढनाता विवेक र न्याय स्थापना गर्न पनि देखियोस् । एक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न सकिँदैन । सबैसँग सहकार्य गर्न आवश्यक छ । राष्ट्रियता र एकताको मुद्दामा एमालेसँगको सहकार्यको ढोका ढोका सधैँ खुल्ला छ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : २० बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले