एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली « Khabarhub

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए।

अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” एमाले रहेको दाबी गरे। उनले पार्टीको संगठन र जनआधार अझै बलियो रहेको बताए।

सम्बोधनका क्रममा ओलीले केही समयअघिको परिस्थितिको स्मरण गर्दै भने, ‘ती दिनहरू काला थिए, देश युद्धभूमि जस्तै देखिन्थ्यो। पुराना पार्टीहरू सकिए, नेताहरू गए, एमालेको सान्दर्भिकता सकियो भन्ने प्रचार गरियो। तर, धुवाँ, खरानी र निषेधको अवस्थालाई चिर्दै एमाले अघि बढेको छ ‘।

‘नेकपा एमाले अजम्बर छ’ ओलीले भने, ‘चिसो सिरेटो पन्छाउँदै यहाँसम्म आइपुग्नुभएको सम्पूर्ण प्रतिनिधि र कार्यकर्तालाई हार्दिक स्वागत गर्दछु।’

उनले एघारौँ महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : २७ बजे

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,