जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली « Khabarhub

जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार सहेपनि आफ्नो पार्टी सतिसालजस्तो ठिङ्ग उभिरहने दाबी गरेका छन् । भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई शून्यतामा पुर्‍याएर देशलाई असक्षम बनाउने सुनियोजित षड्यन्त्रका रुपमा जेन–जी आन्दोलन भएको आरोप लगाए ।

‘हाम्रो राजनीति हाम्रा लागि मात्र होइन, विश्व शान्ति र विश्वव्यापी समानता र मानव अधिकारको पक्षमा हुनुपर्छ । हामी देशको स्वाधीनता र अधिकार भन्छौं, कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ ।’ उनले भने, ‘एमाले जति धेरै प्रहार सहेर पनि सतिसाल जस्तो ठिङ्ग उभिरहन्छ ।’

देश र जनताप्रतिको आफूहरुको निष्ठा, विकास र सुशासनप्रतिको सङ्कल्प र प्रतिबद्धताको जवाफ सल्लाघारी मैदानले दिइरहेको पनि बताए ।

‘जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्यता पारेर देशलाई असक्षमता बनाउने सुनियोजित षड्यन्त्र थियो । त्यो कार्यक्रममा घुसपैठ भयो ।’ उनले भने, ‘हिंसा भड्काउने तत्त्वका कारण जेन–जी आन्दोलनमा दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो । गोली लागेका र अराजक भीडको आक्रमणमा पारेका सर्वसाधारण र सुरक्षाकर्मीप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

‘साथीहरू भदै २३ भदौ २३ गते शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक हुँदा सिर्जित दुखद परिणामप्रति गम्भीर हुँदै तत्कालीन गृहमन्त्रीले सोही दिन राजीनामा दिनुभएको थियो ।’ उनले भने, ‘त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट त्यस घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।’

उनले त्यसबेला असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील रहेको भएपनि राज्यविरुद्ध आक्रमण गर्न लागेका तत्त्वलाई ती कदम कदम पर्याप्त नभएको जिकिर गरे ।

‘उनीहरूलाई त देश दोहन गर्ने अगुल्टो चाहिएको थियो ।’ उनले भने, ‘परिणामस्वरूप भदौ २४ को भयानक दिन देशले भोग्नुपर्‍यो ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  २ : ५० बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि