प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’ « Khabarhub

प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारेका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका लागि सरकारले वातावरण बनाउन नसकेको पनि आरोप लगाए ।

‘चुनावको मिति तोकिएको छ, के छ तयारी ? कतै भएको छ ? देखिँदैन त ।’ उनले कटाक्ष गरे, ‘चुनाव गर्ने भए सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो, निर्णयमा पारदर्शीता देखाउँथ्यो, सभा जुलुस गर्न सुरक्षित वातावरण सिर्जना गर्थ्यो, दलका गतिविधिलाई चुनावमा उत्साहित हुन प्रेरित गर्थ्यो । लुटिएका हतियार फिर्ता ल्याउँथ्यो होला । जेलबाट भागेका कैदी बन्दीहरू फेरि जेलमा फर्काउँथ्यो होला ।’

उनले सरकारले अहिले संवाद नभइ निषेध, घृणा, मिडिया ट्रायल र विभिन्न प्रकारका हल्ला, प्रतिस्पर्धा नभइ धम्की, बहस नभइ मुद्दा, नेताको राहधानी रद्द र स्थानहद, निषेधाज्ञा गरिरहेको आरोप लगाए ।

‘यही हो चुनावको वातावरण बनाएको ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ०६ बजे

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा