जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली « Khabarhub

जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनमा अपराध गर्ने अपराधी उम्किन नहुने बताए ।

जेन–जी आन्दोलनपछि संवैधानिक हिसाबले निकास दिन विकल्पहरू राखेको स्मरण गरे । उनले संसदमार्फत संविधान संशोधन हुनुपर्ने बताउँदै प्रतिनिधिसभा पुनस्थापित हुनुपर्नेमा जोड दिए ।

‘कामचलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । संविधानको बाटो छाडेर संविधान विपरीत ढङ्गले सरकार गठन गरियो । असंवैधानिक सिफारिसबाट प्रतिनिधिसभा विघटन भयो । अनाधिकृत सिफारिसबाट प्रतिनिधिसभा विगठन असंवैधानिक छ । गलत छ ।’ उनले भने, ‘जनताले चुनेका प्रतिनिधि फर्काउनु भनेको जनतालाई नै राजनीतिबाट बाहिर धकेल्नु हो । यस्तो कामले लोकतन्त्र बलियो हुँदैन त्यसैले प्रतिनिधि सभा विगठन हामीलाई मान्य छैन । हाम्रो माग छ, प्रतिनिधिसभा पुनस्थापना होस् र देश लोकतन्त्र र संविधानको बाटोमा फर्कियोस् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : १३ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले