एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा « Khabarhub

एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समाजवादी रूपान्तरण सम्भव नहुने बताएका छन्।

एमालेको एघारौँ महाधिवेशनको उद्‌घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले देशभक्त र गणतन्त्रवादी सबै शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।

गुरुङले नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि विखण्डनको सिकार बन्दै आएको उल्लेख गर्दै हरेक जटिल अवस्थामा कम्युनिस्ट शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।

‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी समाजवादी क्रान्ति सम्भव छैन,’ उनले भने।

उनले २०७४ सालमा नेकपा निर्माणको यात्रा सुरु भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको स्वीकार गरे। आगामी दिनमा फेरि कम्युनिस्ट एकीकरणको विकल्प नरहेको उनको भनाइ थियो। ‘वामपन्थी र कम्युनिस्ट एकताको कुनै विकल्प छैन‍‍‍’ उनले भने।

गुरुङले मुलुकको संकट व्यवस्थापन, लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र आर्थिक-सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट एकीकरण अनिवार्य सर्त भएको बताए। यसका लागि विभिन्न घटकहरूबीच नेपाली कम्युनिस्ट पार्टी निर्माण र एकीकरणको प्रक्रियामा आफूहरू लागेको जानकारी पनि दिए।

महाधिवेशनले भविष्यमा कम्युनिस्ट आन्दोलनको एकीकरणसम्बन्धी स्पष्ट निर्णय लिने विश्वास व्यक्त गर्दै उनले शुभकामना मन्तव्य टुङ्ग्याएका थिए।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४५ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि