काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन् ।
प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ ।
साकेला उधौली मुख्यतः किरात राई, लिम्बु, सुनुवार र याख्खा समुदायले मनाउने पर्व हो ।
यो पर्व बाली भित्र्याएपछि, प्रकृतिप्रति धन्यवाद दिन, भूमिपूजा गर्न र पुर्खाको सम्मानस्वरूप मनाइन्छ ।
उधौलीले जाडो मौसम सुरु भई मानिसहरू तलतिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी







































प्रतिक्रिया