जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी « Khabarhub

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको एघारौँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्।

महाधिवेशनको उद्‌घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै बुर्लाकोटीले मुलुकमा विद्यमान राजनीतिक चुनौतीप्रति ध्यानाकर्षण गराए। उनले जेन-जी आन्दोलन विस्फोट हुनुमा पछिल्ला ३०–३५ वर्षदेखि देशको बागडोर सम्हाल्दै आएका सबै राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने बताए। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा रहँदासम्म आफ्नो हिस्साको जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो।

बुर्लाकोटीले केही समयअघि देखिएको राज्यविहिनता जस्तो अवस्थाको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था किन र कसरी आयो भन्ने विषयमा गहिरो आत्मसमीक्षा आवश्यक रहेको बताए।

‘यस विषयमा गहिरो विश्लेषण नगरी नेपालको समृद्धिको परिकल्पना साकार हुन सक्दैन,’ उनले भने।

उनले नेतृत्व पुस्तान्तरणको माग सबैले बुझिसकेको उल्लेख गर्दै एमालेले पनि यस विषयमा उपयुक्त सम्बोधन गर्ने विश्वास व्यक्त गरे। अन्त्यमा उनले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूलाई सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०० बजे

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र