दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा राखेर दल र शक्तिहरू अटाउने नीति तय गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कसैले नहार्ने, देशले जित्ने नीति तय गर्न सकोस् भन्ने शुभकामना दिए ।

उनले भने, ‘संविधान भन्ने चिज गीता बाइबलजस्तो फेर्न नसकिने होइन । वास्तवमा अहिले संविधान कहाँ छ र ? संविधान मरिसकेको छ । यो संविधानलाई जबरजस्त बिउँताएर देशलाई थप दुर्घटनामा लान सकिँदैन ।’

उनले अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले २३ र २४ गतेको विद्रोह वा विध्वंशमा कसैको उक्साहट र योजनाले पनि काम गरेको हुनसक्ने भएपनि २५–३० वर्षदेखि अंगीकार गरेको देशको भूराजनीति चरम भ्रष्टाचार बेरोजगारी पनि मुख्य कारक रहेको उल्लेख गरे ।

‘म फेरि पनि भन्छु देशलाई केन्द्रमा राखेर कसैले जित्ने होइन देशले जित्ने एउटा निर्णय गर्नुपर्छ । नयाँ पुस्ताहरूसँग नयाँ समझदारी गरेर देश बचाउने र देश सुधार्ने अभियानमा सबै एक ठाउँमा आउनुपर्छ भन्दै शुभकामना दिन चाहन्छु ।’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०२ बजे

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र