एलओडीमा ‘एनपीएल नाइट’ हुँदै « Khabarhub

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’ विजेता खेलाडीसहित अन्य आठवटै टीम सहभागी रहने छन् ।

एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘एनपीएल’ समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ ।

एनपीएलमा सहभागी सबै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ । ‘हाम्रो मुलुकको लागि एनपीएल हुनु भनेको गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठूलो सहयोग भएको छ,’ उनले भने ।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

यसअघि क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेन्मेन्ट पार्टनर बन्न सक्ने उनले बताए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने गरेका थिए । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको श्रेष्ठले बताए ।

मङ्सिर १ गतेबाट सुरू भएको खेल आजदेखि समापन हुँदैछ । फाइनलमा सुदर पश्चिम रोयल्स र लुम्बिनी लायन्स पुगेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३५ बजे

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम