एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली « Khabarhub

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए। 

एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने संकल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।

‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ’, अध्यक्ष ओलीले भने, ‘कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।’

एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।

महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उनले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ओलीले बताए। 

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । 

उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ४२ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक