जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ « Khabarhub

जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले विभिन्न समयमा मुलुकमा परिवर्तन ल्याए पनि जनमुखी शासकीय क्षमता प्रर्दशन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह सुरु भएको बताए।

सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहिताको अभाव, प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त हुँदा पछिल्लो क्रममा जेन-जी आन्दोलन उत्पन्न भएको उनको भनाइ छ । देशमा आर्थिक समृद्धि हासिल गर्दै सुशासन, समाजिक न्याय, रोजगारीतर्फ अगाडि बढ्दै आपसी सहकार्य समन्वयमार्फत जनचाहना अनुसार सबैले काम गर्नुपर्नेमा उनले जोड दिए ।

छिमेकी देश चीन र भारतले द्रूत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले धनी भएर पनि पछाडि पर्नुको कारण खोज्नुपर्ने मन्त्री घिसिङले उल्लेख गरे। 

उनले भने,’राजनीतिक नेतृत्वमा सही व्यक्ति  र युवा आउन जरुरी छ ।’

पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेकामा उनले जोड दिए । 

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा, उत्तरदायी नेतृत्व दिन सक्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ३० बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु