गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा « Khabarhub

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बग्दाद – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेका छन् ।

बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई)ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गर्नेछ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले भने, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गर्दछ ।”

उनले भने, “मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।” इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र कार्यक्रमहरू जारी रहनेछन् ।

यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “विश्वले बुझ्नै पर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : २४ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला