देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू) « Khabarhub

देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।
कालीगण्डकी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।
चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटमा मङ्गलबार माघेसङ्क्रान्तिका दिन ब्रतवन्ध गर्नका लागि निर्माण गरिएका यज्ञमण्डप(जग्गे) । माघेसङ्क्रान्तिका दिन शुभ हुनेहुँदा सयौंको संख्यामा बटुकहरुलाई देवघाटमा लगेर ब्रतवन्ध गरिन्छ ।
दाङ देउखुरीको लमही नगरपालिका-९ स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ ।
सप्तकोशी नदीको किनारामा रहेको सुनसरीको प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र चतराधाममा मकर स्नान गर्दै भक्तजन ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले