‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’ « Khabarhub

‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्व बनाउन सहयोग पुर्याएको बताएका छन् ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देशमा उनले फरक जातजाति, भाषाभाषी मिलेर बनेको मुलुकमा विविधतामा एकता हुनु जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाएर नयाँ आर्थिक कारोबार सुरु गर्ने जनाउँदै मगर समुदायलगायतले माघे सङ्क्रान्तिका रूपमा पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको मौलिक संस्कृतिको संरक्षणबाट नेपाल विश्वमा नै विविधतामा एकता भएको देशका रूपमा परिचित रहेको विचार व्यक्त गरेका छन् ।

देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिको कामना गर्दै उनले शुभकामना सन्देशमा देशमा सबै जातजाति वेशभूषाको पहिचानलाई राज्यले समानता प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले लड्डु, घ्यू, चाकु, तरुल तथा खिचडीलगायत परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको यस पर्वले सबै समुदायमा उमङ्ग र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले सन्देशमा राज्यले विविधताको संरक्षण गरी सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै समुदायका ऐतिहासिक सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : १६ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि