नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू) « Khabarhub

नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघे संक्रान्तिको अवसरमा मगर समाजले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल मगर सङ्घले काठमाडौंको टुँडिखेलमा मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त समुदायका विभिन्न सांस्कृतिक नृत्य, कला संस्कृति र झाँकीहरू प्रदर्शन गरिएको छ ।

कार्यक्रममा मगर समुदायका बालबालिका, युवायुवती र वृद्धवृद्धाहरु आफ्नो सांस्कृतिक पहिरनमा सजिएएका थिए । मगर समुदायले यस दिन आफ्ना चेलीबेटीलाई दक्षिणा दिएर सत्कार गरेका छन् ।

कार्यक्रममा छोरी–चेलीको पूजासँगै उक्त समुदायका चर्चित हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सलाइजु नृत्य, गीत, संगीत प्रस्तुत गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : १८ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा