प्रचण्डको दाबी : यो सरकारको आयु धेरै लामो छैन, हामीले ढाल्न बल गर्नै पर्दैन « Khabarhub

प्रचण्डको दाबी : यो सरकारको आयु धेरै लामो छैन, हामीले ढाल्न बल गर्नै पर्दैन


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् ।

मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकार सम्मेलनलाई सुनकोशीस्थित सुकुटे बिचमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नभएको उनले दाबी गरेका हुन् ।

सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको दाहालको जिकिर थियो । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३० गते बनेको वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरूले बल गर्नै नपर्ने दाहालले बताएका छन् ।

‘यो सरकार टिकिहोस् भन्ने हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएका यो ढलि नै हाल्छ, हामीले बल नै गर्न पर्दैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन’, उनले भने, ‘यसबारे मैले मिति तोक्न मिल्दैन । हामी गम्भीर रुपले घटनाक्रम नियालिरहेका छौँ । अहिले जसरी सरकार चलिरहेको छ, यसले आफ्नो आयु आफैँ छोट्याउँदैछ भन्ने मलाई लाग्छ ।’

पत्रकार सम्मेलनमा दाहालले सत्तारुढ कांग्रेसभित्रै सरकारप्रति जबरजस्त रुपमा असन्तुष्टि चुलिएको प्रचण्डले दाबी गरे ।

कांग्रेसको संस्थापन समूहका नेताहरूको पनि असन्तुष्टि बाहिर आइसकेको बताउँदै उनले यस्तो अवस्थामा सरकार सहज ढंगले अगाडि जाने अवस्था नरहेको जिकिर गरे ।

दाहालले सम्बोधनका क्रममा माओवादी यो सरकार गिराएर तुरुन्तै नयाँ निर्माणतर्फ जाने कुरामा नरहेको बताए । ‘माओवादी अहिले जनताबीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा छ’, उनले भने, ‘स्थानीय तहदेखि नै भेला र सम्मेलन भइरहेका छन् । हाम्रो अभियानलाई जनताले राम्रो मानेका छन् ।’

दाहालले प्रधानमन्त्री हुँदाभन्दा अहिले बढी सहज र रिल्याक्स महसुस गरिरहेको पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ३७ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले