मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए « Khabarhub

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

प्रभु साह र रेशम-रञ्जितालाई पनि सहभागी गराइने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् ।

संघीय संसद्‍का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।

‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने, ‘आजको बैठक फलदायी भएको छ । अब आ-आफ्ना अध्यक्षसँग छलफल गरेर दुई हप्तापछि फेरि बस्ने निर्णय गरेका छौँ ।’

यादवका अनुसार आफ्ना-आफ्ना पार्टीमा विभिन्न दलका नेताहरू सहभागी भएर मोर्चाको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने सहमति समेत जुटेको छ ।

मंगलबारको बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद ईस्तियाक राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तराई मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल सहभागी थिए ।

यस्तै उपेन्द्र यादवको जसपा नेपालबाट राजकिशोर यादव सहभागी हुने भनिए पनि भारत गएकाले सहभागी भएनन् ।

तर उनीहरूको पार्टी लुज-एलाइन्समा सहभागी हुने निर्णय गरिरहेको छ । यस्तै प्रभु साह नेतृत्वको आमजनतासँग पनि लुज-एलाइन्सबारे छलफल भइरहेको संयोजक यादवले बताए ।

त्यसैगरी, बैठकमा स्वतन्त्र संसद् अमरेशकुमार सिंह पनि सहभागी थिए । उनी लुज-एयलाइन्स बनाउने कुरामा सकारात्मक छन् । यता रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कोही सांसद र नेता सहभागी थिएनन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : ३८ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र