काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास (तस्बिरहरू) « Khabarhub

काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रमसहित दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।

स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्यास गरिएको हो ।

बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा योगबारे चर्चासमेत गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब एक सय ५० जना सहभागी भएको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बताए ।

‘दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्येक हप्तामा स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ’, उनले भने ।

योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीले बताए ।

यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे ।

योग साधनालाई आफूलाई आफैंले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताएका छन्। मंगलबारको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : ५३ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय