‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली लिएर छायाङ्कनमा निस्कदै राउत « Khabarhub

‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली लिएर छायाङ्कनमा निस्कदै राउत


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशन रहने मल्टीस्टारर फिल्म ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा गरिएको पूजामा फिल्मका कलाकार र प्राविधिकहरु उपस्थित थिए ।

पूजामा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत उपस्थित थिए । अन्य कलाकारहरु वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायत पनि थिए ।

पोखरा आसपासको क्षेत्रमा बुधबारबाट यस फिल्मको छायाङ्नक हुने निर्देशक राउतले बताए । ४५ दिनको छायाङ्कन सक्ने योजनामा उनी छन् ।

निर्देशक राउतका अनुसार यस फिल्मले सर्वसाधारणको जीवनमाथि खेलबाड गर्नेहरुविरुद्धको विषय उठान गरेको छ । उनले थपे, ‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु ।’

यो राउतको निर्देशन रहने आठौँ फिल्म हो । उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ हो ।

राउत पछिल्लो समय मल्टिस्टारर फिल्ममा निर्देशनमा केन्द्रित देखिन्छन् । पुजार सार्कीमा पनि उनले तीन स्टार नायक आर्यन सिक्देल, प्रदीप खड्का र पल शाहलाई अभिनय गराएका थिए ।

‘महाभोज’को शीर्ष भूमिकाका लागि पनि राउतले ५ जना स्टार चयन गरेका छन् । आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना र मलिका जस्ता स्टार कलाकार रहेका कारण यो फिल्म घोषणादेखि नै चर्चामा छ ।

यो फिल्ममा सहायक भूमिकामा वसुन्धरा भुसाल, बुद्धि तामाङ, कमलमणि नेपाल र पुष्कर गुरुङ चर्चित कलाकार छन् ।

नायिका मिरुना मगर भने यस फिल्मबाट बाहिरिएकी हुन् । अर्को फिल्मसँग छायाङ्कन जुध्ने भएका कारण उनी फिल्मबाट बाहिरिएपछि उनको स्थानमा गौमाया गुरुङको प्रवेश भएको हो ।

यो फिल्मको लेखक विकास सुबेदी हुन् । दिनेश र विकासको यो तेस्रो सहकार्य हो । उनीहरुले यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’मा सहकार्य गरेका थिए । पुजार सार्की बक्स अफिसमा सफल फिल्म हो भने प्रकाशले ठीकै मात्र व्यापार गरेको थियो ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् । प्रदर्शन मिति निर्माण पक्षले खुलाएको छैन ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : १७ बजे

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका

अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार