भारतको गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रमुख अतिथि « Khabarhub

भारतको गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रमुख अतिथि


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ७६ औँ गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रोबोवो सुबियान्तो प्रमुख अतिथिका रुपमा आउने भएका छन् ।

भारत र इण्डोनेशियाले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा सुबियान्तो प्रमुख अतिथिका रुपमा भारत आउन लागेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि सन् २०२० मा इण्डोनेशियाको रक्षामन्त्रीका रुपमा सुबियान्तोले भारतको भ्रमण गरेका थिए ।

पाकिस्तानी सञ्चार माध्यमले सुबियान्तोले पाकिस्तानको पनि भ्रमण गर्ने उल्लेख गरेका छन् । यद्यपि सुबियान्तोले पाकिस्तान भ्रमण गर्नेबारे कुनै औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।

पूर्वरक्षामन्त्री सुबियान्तोले गत अक्टोबर महिनामा इण्डोनेशियाको आठौँ राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । सुबियान्तोको शपथ ग्रहण समारोहमा भारतका तर्फबाट विदेश राज्यमन्त्री पवित्र मार्गरिथाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ३६ बजे

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत