भारतको गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रमुख अतिथि « Khabarhub

भारतको गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रमुख अतिथि


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ७६ औँ गणतन्त्र दिवसमा इण्डोनेशियाका राष्ट्रपति प्रोबोवो सुबियान्तो प्रमुख अतिथिका रुपमा आउने भएका छन् ।

भारत र इण्डोनेशियाले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा सुबियान्तो प्रमुख अतिथिका रुपमा भारत आउन लागेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि सन् २०२० मा इण्डोनेशियाको रक्षामन्त्रीका रुपमा सुबियान्तोले भारतको भ्रमण गरेका थिए ।

पाकिस्तानी सञ्चार माध्यमले सुबियान्तोले पाकिस्तानको पनि भ्रमण गर्ने उल्लेख गरेका छन् । यद्यपि सुबियान्तोले पाकिस्तान भ्रमण गर्नेबारे कुनै औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।

पूर्वरक्षामन्त्री सुबियान्तोले गत अक्टोबर महिनामा इण्डोनेशियाको आठौँ राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । सुबियान्तोको शपथ ग्रहण समारोहमा भारतका तर्फबाट विदेश राज्यमन्त्री पवित्र मार्गरिथाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको