पाकिस्तानमा १६ जना आणविक इन्जिनियरको अपहरण « Khabarhub

पाकिस्तानमा १६ जना आणविक इन्जिनियरको अपहरण


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ क्षेत्रबाट १६ जना आणविक इन्जिनियर अपहरणमा परेका छन् । डेरा इस्माइल खाँको लक्की मरवतमा रहेको युरेनियम खानीबाट उनीहरु अपहरणमा परेका हुन् ।

अपहरणमा परेकाहरु पाकिस्तानको आणविक ऊर्जा आयोगका कर्मचारी रहेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । मिनिबसमा यात्रा गरिरहेका बेला बन्दुकधारीको समूहले उनीहरुलाई नियन्त्रणमा लिएको त्यस क्षेत्रका प्रहरी अधिकारी मोहम्मद इजाजले जनाएका छन् ।

अपहरणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान नामक समूहले लिएको छ । उक्त समूहले भिडियो जारी गर्दै अपहरणको जिम्मेवारी लिएको हो ।

प्रहरीकाले सुरक्षा कारवाही गरी अपरहणमा परेकामध्ये ८ जनालाई मुक्त गरेको जनाइएको छ । सुरक्षा कारवाहीका क्रममा रिहा भएकामध्ये तीन जना घाइते भएको र एक जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०० बजे

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत