पाकिस्तानमा १६ जना आणविक इन्जिनियरको अपहरण « Khabarhub

पाकिस्तानमा १६ जना आणविक इन्जिनियरको अपहरण


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ क्षेत्रबाट १६ जना आणविक इन्जिनियर अपहरणमा परेका छन् । डेरा इस्माइल खाँको लक्की मरवतमा रहेको युरेनियम खानीबाट उनीहरु अपहरणमा परेका हुन् ।

अपहरणमा परेकाहरु पाकिस्तानको आणविक ऊर्जा आयोगका कर्मचारी रहेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । मिनिबसमा यात्रा गरिरहेका बेला बन्दुकधारीको समूहले उनीहरुलाई नियन्त्रणमा लिएको त्यस क्षेत्रका प्रहरी अधिकारी मोहम्मद इजाजले जनाएका छन् ।

अपहरणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान नामक समूहले लिएको छ । उक्त समूहले भिडियो जारी गर्दै अपहरणको जिम्मेवारी लिएको हो ।

प्रहरीकाले सुरक्षा कारवाही गरी अपरहणमा परेकामध्ये ८ जनालाई मुक्त गरेको जनाइएको छ । सुरक्षा कारवाहीका क्रममा रिहा भएकामध्ये तीन जना घाइते भएको र एक जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको