आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानी फाइदा हुनेछ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ। विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छा। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ।

कर्कट : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। परिवारमा रमाइलो घुमघामको योजना तर्जुमा हुनेछ। दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

सिंह : शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ। अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ।

तुला : थोरै लगानी भएपनि शिक्षाबाट फाइदा हुनेछ। विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ। परिवारमा केही खटपटी आउनेछ।

वृश्चिक : शिक्षामा गरेको प्रयास सफल हुनेछ। तनाव व्यवस्थापन गर्न नसक्दा समस्या आउनसक्छ। परिवारको साथसहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : स्वास्थ्यले साथ दिने दिन छ। परिवारभित्रको गोपनीयता बाहिर भंग नगर्नुहोला। दाम्पत्य जीवनमा झगडा हुने दिन छ। शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने दिन छ।

मकर : संचित धन खर्च हुनेछ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानी सामान्य रहेको छ। पढाइमा आलश्य बढ्नेछ। पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन्।

कुम्भ : सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन्। मध्य साढेसातीको प्रभावले शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

मीन : धार्मिक कार्यमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ। बोलीमा शनिदेवको प्रभाव भएकाले बोल्नुअघि सोच्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ०२ बजे

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई

प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने

काठमाडौं – नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला

नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

नाइजेरिया – मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा