अब अबुधाबीबाट पनि श्रम स्वीकृति | Khabarhub Khabarhub

अब अबुधाबीबाट पनि श्रम स्वीकृति


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे। 

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरूलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए। 

उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरू लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए। 

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरूबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे ।   

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरूलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए। 

उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरूको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरूप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए। 

राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे।

त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गरेको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।

वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो । 

यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए। 

उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार  जनाको सहभागिता थियो । 

उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले  पनि भाग लिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : ३७ बजे

युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार

 काठमाडौं – नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय

पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल

काठमाडौं– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा

अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने

एजेन्सी – संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल

नागरिक उड्डयन प्राधिकरण फुटाउने प्रक्रियाको विरोधमा कर्मचारी संगठन

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विषयमा कर्मचारी प्राधिकरणमा

भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास

सुनसरी- भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सुनसरीको इनरुवास्थित