महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती « Khabarhub

महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरू नगदे बाली सुर्ती खेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।  

बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपमा सुर्ती खेती गर्न थालेका छन् ।  

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्ती खेती गरेका बताउँछन्। 

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्ती खेती हुने गरेको उनले बताए। उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्ती खेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् । 

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएका वाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्ती खेती गर्न थालेको बताए। उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । 

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख  आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ०३ बजे

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन