सभापति देउवाले गरे संस्थापन पक्षीय नेताहरूसँग छलफल « Khabarhub

सभापति देउवाले गरे संस्थापन पक्षीय नेताहरूसँग छलफल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका छन् । बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले शुक्रबार बिहान आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । 

छलफलमा सभापति देउवाका विश्वासपात्रहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व गृहमन्त्रीहरू विजयकुमार गच्छदार र बालकृष्ण खाँण, पूर्व परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू सहभागी थिए ।   

बूढानीलकण्ठ बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा सहभागी एक नेताले छलफल पार्टीको आन्तरिक विषयवस्तुसँगै सम्बन्धित रहेको जानकारी दिएका छन् ।

बैठकमा सहभागी अर्का पूर्व पदाधिकारीले पनि समसामयिक विषयमा छलफल भएको बताए । उनले छलफलबारे विस्तृत खुलाउन भने चाहेनन् । 

‘सभापतिज्यूले आफूसँग मन मिल्ने पूर्व पदाधिकारी सहितका सिनियर नेताहरूलाई छलफलका लागि बोलाउनुभएको हो । समसामयिक विषयमा छलफल भयो,’ ती नेताले खबरहबसँग भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ३१ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली