सभापति देउवाले गरे संस्थापन पक्षीय नेताहरूसँग छलफल « Khabarhub

सभापति देउवाले गरे संस्थापन पक्षीय नेताहरूसँग छलफल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका छन् । बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले शुक्रबार बिहान आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । 

छलफलमा सभापति देउवाका विश्वासपात्रहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व गृहमन्त्रीहरू विजयकुमार गच्छदार र बालकृष्ण खाँण, पूर्व परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू सहभागी थिए ।   

बूढानीलकण्ठ बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा सहभागी एक नेताले छलफल पार्टीको आन्तरिक विषयवस्तुसँगै सम्बन्धित रहेको जानकारी दिएका छन् ।

बैठकमा सहभागी अर्का पूर्व पदाधिकारीले पनि समसामयिक विषयमा छलफल भएको बताए । उनले छलफलबारे विस्तृत खुलाउन भने चाहेनन् । 

‘सभापतिज्यूले आफूसँग मन मिल्ने पूर्व पदाधिकारी सहितका सिनियर नेताहरूलाई छलफलका लागि बोलाउनुभएको हो । समसामयिक विषयमा छलफल भयो,’ ती नेताले खबरहबसँग भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ३१ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय