सामूहिक रूपमा गहुँखेती « Khabarhub

सामूहिक रूपमा गहुँखेती


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । 

उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।

यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् ।  स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिए। घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उनले बताए। 

हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भने, ‘विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।’

स्थानीय गङ्गा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताए। उनले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताए।  ।’ स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रुपमा गहुँखेती गरिरहेका हुन् । 

गाउँपालिका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ  गहुँखेती गर्न थालेको जानकारी दिए । 

‘यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकहरूले सामूहिक खेती गर्न थाल्नुभएको छ’, उनले भने। यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताए। 

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताए। उनले भने, ‘गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको छ ।’

गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको  अध्यक्ष चुमानले जानकारी दिए। 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ५७ बजे

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको