गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडू सम्मानित « Khabarhub

गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडू सम्मानित


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडू सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज आयोजित एक कार्यक्रमबीच पत्रकार बडूलाई सम्मानित गरेको हो ।

प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले एक कार्यक्रमबीच पदक वितरण गरेका हुन्  । 

संविधानसभाका सदस्य रुगँटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताए । वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गरे ।

‘पत्रकारितालाई अझै जनताप्रति निष्ठावान हुँदै राष्ट्र र जनताको हित हुनेतर्फ अघि बढ्न जरुरी भइसकेको छ’, उनले भने । 

प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिए । 

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले पत्रकारिताको मूल्यमान्यता र धर्मलाई कायम राख्दै पत्रकारिता गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ४९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा