गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडू सम्मानित « Khabarhub

गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडू सम्मानित


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडू सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज आयोजित एक कार्यक्रमबीच पत्रकार बडूलाई सम्मानित गरेको हो ।

प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले एक कार्यक्रमबीच पदक वितरण गरेका हुन्  । 

संविधानसभाका सदस्य रुगँटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताए । वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गरे ।

‘पत्रकारितालाई अझै जनताप्रति निष्ठावान हुँदै राष्ट्र र जनताको हित हुनेतर्फ अघि बढ्न जरुरी भइसकेको छ’, उनले भने । 

प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिए । 

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले पत्रकारिताको मूल्यमान्यता र धर्मलाई कायम राख्दै पत्रकारिता गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ४९ बजे

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको